नियम ४९
फिल्म छायाङ्कनको लागि अनुमति लिनु पर्ने
(१) संरक्षण क्षेत्रभित्र कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संघ संस्थाले व्यावसायिक डकुमेन्ट्री वा फिचर फिल्म छायाङ्कन गर्न चाहेमा विभागमा वा परिषद्मा अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा विभागले तोके बमोजिमको दस्तुर लिई अनुसूची–१९ बमोजिमको ढा“चामा अनुमति पत्र दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम विभागले अनुमतिपत्र दिएको अवस्थामा अनुमतिपत्र वापतको दस्तुरको पचास प्रतिशत रकम परिषद्््को कोषमा जम्मा गर्नेछ ।
(४) उपनियम (२) बमोजिम दिइएको अनुमतिपत्रअनुसार फिल्म छायाङ्कन गर्दा फिल्म छायाङ्कन गर्ने व्यक्ति वा संस्थास“ग छायाङ्कन अवधिभर परिषद्ले आफ्नो कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी निजको रोहवरमा मात्र फिल्म छायाङ्कन गर्ने व्यवस्था गर्न सक्नेछ ।